प्रधानमन्त्री बालेनकाे भारत भ्रमणमा कुनै नयाँ उपलब्धि भएन : प्रचण्ड

File Photo

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाहको हालै भएको भारत भ्रमणमा कुनै नँया उपलब्धि नभएकाे बताएका छन् । उनले प्रधानमन्त्री बालेनको भारत भ्रमण सामान्य र नियमित रहेको टिप्पणी गरेका हुन् ।

उनका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणमा कुनै नयाँ र तात्त्विक उपलब्धि नभएको बताए । कतिपयले उक्त भ्रमणलाई ‘विशिष्ट’ र ‘ऐतिहासिक’ भनी चर्चा गरे पनि त्यस्तो नभएको उनको भनाइ छ ।

‘मैले हेर्दाखेरी यो सामान्य र नियमित भ्रमणको रूपमा बुझेको छु। एउटा विशिष्टता जस्तो कोही कोहीले भन्न खोजेका छन्, बडा भयो, ऐतिहासिक भयो भनेका छन्, त्यो सही होइन, प्रचण्डले भने, ‘एकचोटी प्रधानमन्त्री जानुपर्थ्यो, जानुभयो। गएपछि केही कुरा हुन्थ्यो, भयो। तर, नयाँ र तात्त्विक कुरा भयो भन्ने लाग्दैन।’

प्रचण्डले आफ्नो आधिकारिक भारत भ्रमणका बेला उठेका विषयहरूको स्तरमा समेत वर्तमान भ्रमण पुग्न नसकेको दाबी गरे ।