नेपाली बजारमा आज सुनचाँदीको भाउ बढ्यो


काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र असली चाँदी प्रतितोला १२० रुपैयाँले बढेको हो।

महासङ्घले निर्धारण गरेको दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँ र असली चाँदीको मूल्य तीन हजार १९५ रुपैयाँ कायम भएको छ।

हिजो छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँ र असली चाँदी तीन हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।