काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगमा आधारित परीक्षा तयारी प्लेटफर्म ‘प्रेपएक्स’ नेपालमा औपचारिक रूपमा सार्वजनिक हुने भएको छ ।
ट्यापको आयोजनामा आगामी डिसेम्बर १८, २०२६ शुक्रबार काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरी प्लेटफर्मको शुभारम्भ गर्न लागिएको हो ।
काठमाडौँस्थित बेस्ट वेस्टर्न प्लस होटलको अन्नपूर्ण हलमा साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, शैक्षिक परामर्श व्यवसायी तथा शिक्षा उद्योगसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रेपएक्सलाई एआई प्रविधिमा आधारित परीक्षा तयारी प्लेटफर्मका रूपमा विकास गरिएको हो । यसको औपचारिक सुरुवातसँगै नेपाली विद्यार्थीले आधुनिक प्रविधिको सहायताबाट परीक्षा तयारी गर्ने नयाँ अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
प्लेटफर्म सार्वजनिक गर्ने कार्यक्रममा शैक्षिक क्षेत्रका प्रतिनिधि तथा अन्य विशिष्ट अतिथिहरूलाई निमन्त्रणा गरिएको छ । औपचारिक शुभारम्भपछि सहभागीहरूका लागि ककटेल पार्टी तथा गाला डिनरको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।




प्रतिक्रिया