११ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाह आज शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।
भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह शीतलनिवास पुगेका हुन् । भारतको दुईदिने भ्रमणमा जाने क्रममा भने प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट नगरेको भन्दै टिप्पणी भएको थियो ।
आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिलाई भेटेर फर्किएलगत्तै प्रधानमन्त्री शाह पनि शीतलनिवास पुगेका हुन् ।
भेटमा भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भएको आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।




प्रतिक्रिया