साताभरको शेयरबजार कस्तो रह्यो ? कसले कमायो अनि कसले गुमायो ?


साउन २७, काठमाण्डौ । साताभरमा १ सय ६८ कम्पनीको शेयर कारोबार हुँदा पहिलो दिनको तुलनामा नेप्से परिसुचक ११ अंकभन्दा बढिले गिरावट आयो । ४ दिन मात्र कारोबार भएको यो सातामा २ दिन बढ्यो र २ दिन नकरात्मक दिशातर्फ गयो । सेन्सेटिभ परिसुचक पनि २ अंकभन्दा बढिले घट्यो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३४ हजार ७ सय ७३ कारोबारबाट तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका एक करोड २१ लाख तीन हजार पाँच सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २७.३० प्रतिशत कम रहेकोछ । गत साता १६७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४४ हजार ४ सय ८८ कारोबारबाट पाँच अर्ब २५ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरका एक करोड पाँच लाख ८० हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.५२ अंकले घटेर अन्तिम दिन १६५३.५३ अंकमा पुगेको छ ।

त्यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.०८ अंकले घटेर ३४७.०३ अंकमा आईपुगेको छ ।यस साता कारोबार रकम (१९ करोड ५३ लाख १० हजार रुपैयाँ) को आधारमा नागरीक लगानी कोष अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार रकमकै आधारमा यस साता दोस्रो स्थानमा नेपाल लाइफ इन्सुरेन्स दोस्रो स्थानमा परेकोछ । जसको यस साता १५ करोड ९३ लाख ३० हजार रुपैया बराबरको कारोबार भएकोछ । त्यसैगरी १४ करोड ४५ लाख ७० हजार रुपैया बराबरको आधारमा यस साता स्ट्यान्डर्ड चार्टर्ड बैक तेस्रो स्थानमा रहेकोछ । त्यसैगरी यस साता चौथौ स्थानमा नेशनल हाइडोपावर लिमिटेडको १३ करोड ५८ लाख ३० हजार रकम बराबरको कारोबार भएको छ। यसैगरी यस साता ११ करोड ५२ लाख २० हजार रकमको आधारमा प्राइम कमर्सियल बैक लिमिटेड पाचौ स्थानमा रहेकोछ ।

कारोबार भएको सेयर संख्या ३१ लाख २७ हजार कित्ता को आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १ हजार ७ सय ६१ वटा को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता सुचीकरणतर्फ जनउत्थान सामुदायिक लघुवित्त विकास बैक लिमिटेडको ४० हजार कित्ता बोनस शेयर सुचिकरण भएको छ । त्यसैगरी हिमालयन पावर पार्टनर लिमिटेडको १ करोड ६ लाख ५४ हजार १ सय ७० कित्ता शेयर सुचिकृत भएको छ ।

Skip This

Omoda E5 Pro