कौरव खत्री: गुल्मी ११ आश्विन । गुल्मीका एक युवा जापान छोडेर आफ्नै गाँउमा व्यवसायिक केराखेती गदै आउनु भएको छ ।
मसिकोट नगरपालिका १ भर्माचौर निवासी ४४ बर्षीय समाजसेवी युवा चन्द्रमणि घिमिरेले विगत १ बर्ष यता निरन्तर रुपमा व्यवसायिक केराखेती गरिरहनु भएको छ ।
घिमिरेले झण्डै ४ रोपनी आफ्नै खेतमा रु.४० हजारको लगानीबाट २ सय८० केराको बोट लगाएर शुरु गर्नुभएको केराखेतीबाट अहिले थोरै–थोरै आम्दानी हुन थालेको घिमिरे बताउनु हुन्छ ।
घिमिरे भन्नुहुन्छ रोजगारीको शिलशिलामा विदेशका विभिन्न देशहरुमा ९ बर्ष दुःख पीडा भोग्दै पछिल्लो समयमा जापानमा ३ बर्ष समय विताएर स्वदेश फर्केर अव आफ्नै गाँउघरमा सानो तिनो व्यवसायको शुरुवातको थालनी गरेको बताउनुहुन्छ ।
घिमिरे भन्नुहुन्छ युवाहरु विदेश जाने सपना त्यागेर आफ्नै गाँउघरमा सानो तिनो पेसा व्यवसाय गरि आधुनिक कृषि गरेर पनि मनग्य आम्दानी गर्न सकिने हुदा र थोरै भएपनि आम्दानी आफ्नै ठाँउमा गर्न सकिने हुदा आफूले जस्तै अन्य युवाहरुलाई आफ्नो सिको गरेर विदेश जानु भन्दा आफ्नै जन्मभूमिमा केहि गरेर आत्मनिर्भर भएर बाँच्न सकिने बताउनु हुन्छ ।
घिमिरे निरन्तर रुपमा मिहेनत र परिश्रम गरेरे आफ्नै गाँउघरमा केहि गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ ।
व्यवसायबाट आफू सन्तुष्ट भएको भन्दै आफूलाई जापानको कमाई गाँउमै गदै आएको घिमिरे बताउनु हुन्छ । साथै घिमिरेले केरा व्यवसायलाई बृद्धि गदै लैजाने र हाल झण्डै ८ सय केराका घना उत्पादन भइरहेको हुदा आउने बर्षमा केराबाट राम्रो आम्दानी हुने बताउनु हुन्छ ।
घिमिरेले हाल ३ लोक्कल जात अन्र्तगत फुर्से,झोर्पे,मुहुरे र ३ उन्नत जात अन्र्तगत चिनीकेरा झापाली माल्भव र मनिपुरे माल्भव जात गरि ६ जातका व्यवसायिक केराखेती गनुभएको छ ।
साथै घिमिरेले केराखेतीसँगै मेवा र खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ बर्षमा ८ लाख आम्दानी गर्न सफल भएको बताउनु हुन्छ । घिमिरेले उत्पादन गरेका केरा खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा माग अनुसार उत्पादित बस्तुहरु आफूले बजारमा पु¥याउन नसकेको बताउनु भयो ।
साथै घिमिरेले व्यवसायलाई बृद्धि गदै लैजाने बताउनुभयो । तश्वीर : कौरव खत्री




प्रतिक्रिया