काठमाडौं, १२ असोज । अहिले हामी बडा दशैंको मध्यतिर छौं । देश तथा विदेशमा रहेका नेपालीहरुले धुमधामसँग दशैं मनाउँदैछन् । यो दशैंमा मुलुकका नेतृत्व गरिरहेका नेताहरुले कसरी दशैं मनाउँदैछन् त ? यो अहिले आम जनताहरुको लागि चासोको विषय बनेको छ । विभिन्न राजनीतिक दलका नेताहरुले पनि यो दशैंमा धुमधामसँग मनाउने तयारी गरिरहेका छन् ।
हुन त नेताहरुको लागि यो छुटटीको समय पनि राजनीतिक भेटघाटको लागि उपयोगी हुनेछ । त्यही पनि यो दशैंमा धेरैजसो शीर्ष नेताहरुले काठमाडौंमै बसेर दशैं मनाउने तयारी थालेका छन् । मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवा आजमात्रै स्वदेश फर्किएका छन् । उनी संयुक्त राज्य अमेरिकाको भ्रमण सकेर आज साँझ ८ बजे काठमाडौं ओर्लिएका छन् ।
केही नेता भने आफू उठ्ने निर्वाचन क्षेत्रमा अनौपचारिक रुपमा चुनावी तयारीमा समेत जुटेका छन् ।
नेताहरुलाई अहिले देखि नै दशैंको रमझम लागिसकेको छ । कोही घरमै बसेर पारिवारिक छलफमा जुटको छन् भने कोही घुम्नको लागि विदेश हिँडिसकेका छन् ।
प्रमुख दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले त यो पटक आफू घरमै परिवारका साथ दशैं मनाउने तयारीमा रहेको सुनाए ।उनले भने,“म दुई दिन दशैं मनाउँछु, नेताहरुलाई भेट्दिन्् यो पटकको दशैं परिवारका सदस्यहरुसँग रमाईलो गरेर मनाउने हो।”
प्रधानमन्त्री देउवा आज स्वदेश आएकाले भोलिबाट मनाउने योजना बनाएका छन् । उनले घरमै महानवमीको पुजा गर्ने तयारी बुनेका छन् ।
त्यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि यो पटक घरमै बस्ने निधो गरेका छन् । उनले पनि घरमै खसी काटेर परिवारका सबै सदस्यहरु एक ठाउँ भेला भएर खानपिन गर्ने योजना बनाएका छन् । माओवादीका मन्त्रीहरु पनि दशैं मनाउने तयारीमा जुटेका छन् । मुडमा छन ।
कांग्रेस नेता क्ृष्ण सिटौला गृहजिल्लामा छन् । उनले यो पटकको दशैं झापास्थित् आफ्नै घरमा मनाउने छन् ।
त्यस्तै अर्का नेता शेखर कोइरालापनि दशैं मनाउन मोरङको विराटनगर पुगिसकेका छन् । महामन्त्री डा( शशांक कोइराला भने पत्नीसहित वदेश भ्रमणमा छन् ।
एमाले अध्यक्ष केपी ओली भने यो पटक धर्मिक अवतारको दशैं मनाउँदैछन् । उनले यो दशैं मस्तसँग मनाउने तयारी गरेका छन् ।
उता २ नम्बर प्रदेशको निवाृचनमा राम्रो नतिजा ल्याएको खुशीयालीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने गृहजिल्ला पुगिसकेका छन् । उनले त्यहाँ रहँदा जितको खुशीयाली साटासाट गर्ने कार्यक्रम रहेको समेत पत्रकार ऋषि धमलासँग सुनाए । उनले भने,“ऋषि धमलाजी म दशैं मनाएरमात्रै काठमाडौं आउँछु, अहिले खुशी साट्ने काम भैरहेको छ।”
राप्रपा अध्यक्ष कमल थापाले पनि धार्मिक विधि अनुसार नै दशैं मनाउँदैछन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि दशैं मनाईरहेका छन् । यद्धपी उनले यो पटक सर्वसाधरण जनतालाई भने टिका नलगाउने घोषणा गरिसकेका छन् । टिका नलगाएपनि दशैं मनाउने उनको तयारी छ ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर पत्नीसहित यतिवेला लण्डनमा छन्। छोरी ज्वाईसँग उनले दशैं मनाउने योजना सुनाएका थिए ।
यता राष्ट्रपति विद्यादेवी भण्डारी पनि दशैं मनाउने तयारीमा जुटिसकेकी छिन् । उनले दशैंको टिकाको दिन सर्वसाधरण जनतालाई टिका लगाउने काम पनि छ ।
साना दलका नेताहरुपनि, समिक्षाको बैठकमा पनि बसिररहेका छन् ।




प्रतिक्रिया