विजय कुमार गच्छादारमाथि शिवलाल थापाको यस्तो आरोप


३१ असोज, काठमाण्डौ । नेपाल लोकतान्त्रिक फोरमका नेता शिवलाल थापाले दलीय धु्रविकरणमा आफ्नो दल पनि कुनै एउटा दलसँग गठबन्धन गरेर अघि बढ्ने बताएका छन् । थापाले पार्टी अध्यक्ष विजयकुमार गच्छादारसहितका नेताहरुले नेपाली कांग्रेससँग एकता गर्नु नाटकीय भएको तर्क गरे ।

पार्टीभित्र गहन रुपमा छलफल नगरी पार्टी एकता गर्नु राम्रो नभएको भन्दै थापाले भने, “जिल्ला जिल्लामा छलफल गर्न नसके पनि केन्द्रिय समितिको बैठक डाकेर सहमति कायम गरेर जानुपथ्र्यो ।”

पार्टीको निर्णय गठबन्धनमा जाने भए पन गच्छादारले एकलौटी ढंगले एकता नै गरेको आरोप थापाले लगाए । “अधिकांश साथीहरु सहमत छैनौँ र गएका छैनौँ । एकाध नेताहरु लिएर प्रवेश गर्नुभएको हो । एकीकरण होइन ।” थापाले भने ।
व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि गच्छादारसहितको समुह कांग्रेसमा गएको थापाको आरोप छ ।

“एकीकरण भयो भनेर हल्ला गर्दैमा हामी मान्नेवाला छैनौँ । पार्टीको बैठक बसेर उहाँलाई निस्कासन गरिसकेका छाँै ।” थापाले भने । पार्टीलाई गच्छादारले संस्थागन रुपमा चलाउनुपर्नेमा व्यक्तिगत रुपमा चलाएको थापाको आरोप छ ।

Skip This

Omoda E5 Pro