काठमाडौं, १ कार्तिक । नेपाली कांग्रेसका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुले टिकट वितरणमा पार्टी नेतृत्वले सही व्यक्तिहरुलाई दिनुपर्ने भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् ।
कांग्रेस नेता विष्णु धितालका अनुसार मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा योग्य र सक्षम व्यक्तिहरुलाई टिकट दिनुपर्ने भन्दै उनीहरुले आज धर्ना दिएका हुन् । यतिवेला लमजुङ् लगायतका चार जिल्लाका नेता तथा कार्यकर्ताहरुले धर्ना दिएको बुझिएको छ । उनीहरुले बालुवाटारको ३ नम्बर गेटअघि धर्ना दिएका हुन् ।




प्रतिक्रिया