संघीय समाजवादी फोरम र राजपाबिच ५०–५० प्रतिशत भागबण्डा, कांग्रेससँग पनि ५० नै माग्ने


कात्तिक ६, काठमाण्डौ । संघीय समाजवादी फोरम र राजपाबिच पचास पचास प्रतिशत भाग लगाएर आगामी चुनावमा भाग लिने सहमति भएको छ । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधीसभाको चुनावका लागि आधा आधा उम्मेदवार उठाउने गरी तालमेलको सहमति भएको हो ।

नेपाली कांग्रेससँग पनि ५० प्रतिशत माग्ने विषयमा छलफल भएको राजपाका नेता राजेन्द्र महतोले जानकारी दिए । कांग्रेससँग भागबण्डा गरिएको खण्डमा पनि दुई दलका लागि दिइएको निर्वाचन क्षेत्रलाई अनुकुलता अनुसार ५०–५० प्रतिशत बाँडेर लिने विषयमा सहमति भएको राजपाका अर्का नेता रामनरेश रायले जानकारी दिए ।

नेपाली कांग्रेसले ४५ प्रतिशत निर्वाचन क्षेत्र दिन तयार भएको खण्डमा पनि तालमेल सम्भव हुने सक्ने नेता रायले बताए ।

झापादेखि कन्चनपुरसम्मको क्षेत्रमा कांग्रेसले दुई दललाई पचास प्रतिशत दिन चाहेको खण्डमा चुनावी तालमेल गर्न सकिने महेन्द्र राय यादवको भनाई छ ।
मधेशवादी दलहरु राजपा र फोरमसँग चुनावी तालमेल गरेर लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास नेपाली कांग्रेसले गरे पनि सार्थक हुन भने सकेको छैन ।