विप्लव माओवादीले निकाल्यो बृहत्त जुलुस (फोटोफिचर)


काठमाडौं, ८ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बृहत्त जुलुस निकालेको छ । आगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पनि नेकपाले बष्हिकारको घोषणा गरेको छ ।

निर्वाचनको सशक्त बहिष्कार गर्दै आएको नेकपा आगामी निर्वाचनका लागि पनि ‘सुरक्षा चुनौती’ का रुपमा रहेको गृह प्रशासनले निश्कर्ष निकालेको छ । त्यसैले विप्लव पार्टीले निर्वाचन विरोधी गतिविधि गर्न सक्ने भन्दै प्रहरीले सुरक्षा सतर्कता अपनाएको बताउँदै आएको छ ।

तर राजधानीमा बुधबार विशाल शक्ति प्रदर्शन गर्दै विप्लव स्वयंले आगामी निर्वाचनमाथि धावा बोलेका छन् । घोषित रुपमा नै ठूलो शक्ति प्रदर्शनका साथ गरिएको ‘अक्टोवर क्रान्ति शतवार्षिकी कार्यक्रम’ नाम दिइएको कार्यक्रममा विप्लव सहितका नेताहरुले खुलामञ्चबाटै निर्वाचन विरुद्ध हाँक दिइरहँदा प्रहरीकै सुरक्षाकाबीच कार्यक्रम सम्पन्न भएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे