निर्वाचन आयोगमा आकस्मिक छलफल सुरु


काठमाडौं, ९ कार्तिक । सर्वोच्च अदालतको पछिल्लो प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने आदेश दिएपछि निर्वाचन आयोगमा अहिले आकस्मिक छलफल सुरु भएको छ ।

छठ मनाउन गृहजिल्ला सप्तरी पुगेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव आज आकस्मिक रुपमा काठमाडौं आएका हुन् । उनले सबै आयुक्तहरुलाई आज विदाको दिनमा पनि आयोगको कार्यालयमा बोलाएर अदालतको आदेशपछि कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिन छलफल बोलाएका हुन् ।