नेविसंघ पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउँनुपर्छ भन्ने पक्षमा छः अर्जुन बम

0
Shares

काठमाडौं, १० कार्तिक । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अर्जुन बमले नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उमेदवार बनाएर काँग्रेस चुनावी मैदानमा होमिनु पर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवम् सिटिईभिटिका संयोजक बमले बाम एकताबाट काँग्रेसलाई कुनै असर नहुने भन्दै पार्टीका वरिष्ट नेता पौडेललाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिनु पर्नेमा नेविसंघ तयार रहेको जानकारी दिए ।

नेता बमले लोकतन्त्र माथि देशि विदेशी शक्तिहरुले प्रहार गर्न खोजिरहेको बताउँदै लोकतन्त्र बचाउन र नेपाली जनताको आह्वान बुझेर वरिष्ट नेता पौडेललाई अगाडि सार्नुपर्ने बताए ।

उनले भने,‘पार्टीका वरिष्ट नेता पौडेललाई नेपाली जनताले हेर्ने दृष्टिकोण अरु नेता भन्दा फरक देखिन्छ पौडेल प्रति नेपाली जनतामा अत्यन्त आश जागेको देखिन्छ, हामी यूवाहरु उहाँलाई नै प्रधानमन्त्री भएको देख्न चाहन्छौँ, चुनावमा उहाँलाई नै प्रधानमन्त्रीको रुपमा अघि सारेर जानुपर्छ।’

उनले अघि थपे,‘१४ बर्ष जेल जीवन बिताएका वरिष्ट नेताले आफ्नो व्यक्तिगत सर्तका लागि कसैसँग सहकार्य नगरेको र आफु पदमा हुदा पनि जनता प्रति सर्मपित भएर देश र जनताको लागि आवाज उठाउने नेता भएकाले  उहाँलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउनुपर्छ।’

उनले भने,‘विपिको नेपाल प्रतिको समृद्धिको सपना पुरा साकार पार्न र काँग्रेसलाई सबैभन्दा ठुलो दल बनाउनको लागि वरिष्ट नेता पौडेललाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर निर्वाचनमा गएपछि हिमाल, पहाड, तराईमा सम्मान जनक स्थान आउने देखिन्छ।’