काठमाण्डौ क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह र रविन्द्र मिश्रसँगै एमालेका उम्मेदवार को ? चर्चा शम्भु थापाको


१० कात्तिक, काठमाडौं । काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेस नेता प्रकाशमान सिंह यसअघि जित्दै आएका छन् । यही क्षेत्रबाट विवेकशील साझा पार्टीबाट रविन्द्र मिश्र उठ्ने निश्चित भएको छ । सिंह र मिश्रसँगको प्रतिस्पर्धामा एमालेले बरिष्ठ अधिवक्ता शम्भु थापालाई अघि सार्ने भएको छ ।

काठमाडौं १ मा पार्टीको स्थापित नेताभन्दा स्वतन्त्र छविको व्यक्तित्व अघि सार्दा चुनाव जित्न सहज हुने ठहर गर्दै एमालेले शम्भु थापा रोजेको बतायएको छ ।

यद्यपी थापाको उम्मेदवारी टुङ्गो लागि सकेको छैन । नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष थापालाई एमालेका शीर्षनेताहरुले उम्मेदवार बन्न प्रस्ताव गरेको हो ।
कांग्रेस र वामपन्थी मत नै रविन्द्र मिश्रले पाउने हुन् ।

यहाँ एमालेले शम्भु थापा उठाउँदा बौद्धिक र स्वतन्त्र मत समेत तान्न सकिने विश्लेषण गरेर उनलाई आग्रह गरेको हो । थापाले भने जवाफ दिइसकेका छैनन् ।