भक्तपुरमा बस भाडा १० रुपैयाँ मात्रै, अन्त किन १५ रुपैयाँ ?


११ कात्तिक, काठमाण्डौ । भक्तपुर मिनिबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा १० रुपैयाँ मात्रै लिने निर्णय कडाइसाथ लागू गर्ने भएको छ ।

समितिको निर्णयअनुसार धेरै गाडीका सहचालकले १० रुपैयाँभन्दा बढी गाडी भाडा असुलेपछि यात्रुले गुनासो गर्दै आएका थिए ।

समितिको १ गते सम्पन्न १२ औं अधिवेशनबाट निर्वाचित कर्यसमितिले उक्त निर्णयलाई कडाइसाथ सागू गर्ने बताएको हो ।
पछिल्लो समय उपत्यकामा लोकड गाडी चढ्नासाथ १५ रुपैयाँ लिने गरेका छन् । सरकारले तोकेअनुसारको बस भाडा नलिएर बढि लिएको भन्दै यातायात व्यवसायीको आलोचना भइरहँदा भक्तपुरमा भने प्रशंसनीय कामको सुरुवात भएको हो ।

आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ ।