लाइसेन्स लिनेको लाइन साढे पाँच किलोमिटर !

0
Shares

काठमाडौं १३ कार्तिक । सवारी लाइसेन्स बनाउन चाहने सेवाग्राहीहरुले सास्ती पाएका छन् । नौ महिनापछि सवारी लाइसेन्स बनाउने प्रक्रिया खुला भएपछि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड लागेको छ । लाइनसेन्स वितरण व्यवस्थित नहुँदा बिचौलिया मालामाल भएका छन् भने सेवाग्राहीले सास्ती पाएका छन् ।

‘लाइसेन्स बनाउन २० हजारजना लाइनमा’ शीर्षक दिएर नयाँ पत्रिकाले लेखेको छ– नौ महिनापछि खुलेको सवारी लाइसेन्स बनाउने प्रक्रियाका लागि आइतबार करिब २० हजार सेवाग्राही कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा भेला भए । उनीहरु अघिल्लो दिनदेखि नै टोकन लिन लाइनमा थिए । एक दिनमात्र फारम दर्ता गराउन टोकन खुलेकाले सेवाग्राहीको झन्डै पाँच किलोमिटर लामो लाइन लाग्यो । तैपनि सबैले टोकन लिन पाएनन ।’