कौरव खत्री : गुल्मी, १३ कार्तिक । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासमका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।
सोमबार बिहान तम्घासका लागि छुटेको माइक्रोबस गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ज्यान जाने र घाइतेहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुको अवस्था हेरिकन उपचारका लागि पाल्पा पठाउने काम भईरहेको प्रहरी प्रशानले जानकारी दिएको छ ।




प्रतिक्रिया