१३ कात्तिक, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का आपूर्ति मन्त्रालय तानिएका छन् । आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लगेपछि अदालती प्रक्रियाका कारण निगम बाहिर पुगेका खड्कालाई अदालतले पुनः काममा फर्किन आदेश दिएको थियो ।
तर विवादित भइसकेको भन्दै आपूर्ति मन्त्रालयले खड्कालाई निगममा जिम्मेवारी नदिने चर्चा चलिरहेको थियो ।
सोमबार आपूर्तिमन्त्री जयन्त चन्दले खड्कालाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् ।
उनलाई मन्त्रालयमा हाजिर गराउन औपचारिक पत्रसमेत पठाइसकिएको छ
।
उनी पुनः निगम फर्कंदा थप क्षति हुन सक्ने बताउँदै मन्त्रालय तान्न निर्वाचन आयोगसँग अनुमति मागिएको थियो ।
गत ३१ असोजमा निर्वाचन आयोगले पनि उनलाई मन्त्रालय तान्न अनुमति दिएको थियो । आयोगको अनुमतिसँगै आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाले उनलाई मन्त्रालयमा हाजिर गराउने निर्णय गरेका थिए ।
निगमको जग्गा खरिद प्रकरणबारे हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया