१७ कार्तिक, तनहुँ । नेपाली काग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं २ को प्रतिनिधी सभा उम्मेदवार शंकर भण्डारी र क्षेत्र नं २ अन्र्तगत प्रदेश नम्बर १ उम्मेदवार प्रदीप चुनावी प्रचार प्रसारमा सक्रिय हुन थालेका छन् । उम्मेदवारद्धय भण्डारी र पौडेलले शुक्रबार दिनभर क्षेत्र नं २ का विभिन्न गाउँवस्तीका जनतासँग भेटघाट गरेका हुन् ।
शृक्रबार प्रतिनिधी सभा उम्मेदवार भण्डारी र प्रदेश सभा उम्मेदवार पौडेलले क्षेत्र नं २ को गुणादी, थर्पु, सेरा, खैरेनीटार र दुलेगौंडाका कार्यकर्ताहरुलाई भेटघाट गरेका थिए । भेटघाटका क्रममा भण्डारी र पौडेलले मतदाताहरुसँग मत माग्ने कामसमेत गरेका थिए ।
यसैबीच क्षेत्रीय सभापति किसान गुरुङग सहित समितिका पदाधिकारी र अगुवा कार्यकर्ताहरुको दुलेगौंडामा भएको भेलाले शनिबार बिहान ८ बजे खैरेनीटारमा प्रचार प्रसार कार्यालय खोल्ने निर्णय समेत गरेको छ ।
यता क्षेत्र नं २ मा प्रतिनिधी सभामा काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले टिकट पाएकोमा सो क्षेत्रका वासिन्दाहरु निकै हर्षित भएका छन् । त्यस्तै प्रदेश सभा तर्फ पनि युवा नेताहरु प्रदीप पौडेल र धु्रव वाग्लेको उम्मेदवारीले क्षेत्र नं २ मा काग्रेस कार्यकर्ताहरुलाई छुट्ै उर्जा थपिएको छ । तनुहुँको क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको चुनाव भने कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले लड्दैछन् ।




प्रतिक्रिया