गजुरमुखीमा कात्तिके मेला सुरू

0
Shares

इलाम, १९ कार्तिक । जिल्लाको पश्चिमी प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गजुरमुखीमा परम्परागत रूपमा लाग्दै आएको मेला शनिबारदेखि शुरू भएको छ ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने गजुरमुखी मेला यस वर्ष पनि शुरू भएको हो । स्थानीय मेला आयोजक समितिको आयोजनामा शुरू भएको मेलामा शनिबार बिहानैदेखि पूजापाठ र दर्शन गर्ने तथा मेला भर्न आउने भक्तजनहरूको भीड लागेको छ ।

गजुरमुखी पुगेका भक्तजन र पर्यटकहरू स्थानीय गजुरमुखी मन्दिर नजिकै रहेको फाँटिलो खेतमा ठा“उ–ठा“उमा अस्थायी टहरा बनाएर जाग्राम बस्न थालेका छन् । मेलामा स्थानीय र बाहिरबाट आएका व्यापारीले पनि पसल सञ्चालनका लागि टहरा बनाएका छन् ।

प्रसिद्ध धार्मिकस्थल गजुरमुखीमा दर्शनका लागि इलाम, झापा, पा“चथर, ताप्लेजुङ, मोरङ, सुनसरी तथा भारतको दार्जिलिङ, कालेम्पोङबाट भक्तजनहरू मेला भर्न तथा मन्दिरमा पूजाआजा गर्न आएको मेला बजार व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर गोदारले बताउनुभयो ।

तीन दिनसम्म चल्ने मेलाको पहिलो दिन पूजाआजाका साथै विभिन्न जातीय झा“कीहरू प्रर्दशन, खेलकुद, साँस्कृतिक कार्यक्रम हुने गरेको छ ।

गजुरमुखीधाममा पूजा अर्चना गरे मनोकाँक्षा पूरा हुने विश्वास आम भक्तजनमा रहेको छ । निसन्तान दम्पतीले गजुरमुखीमा आएर भाकल, पूजा अर्चना गरेपछि सन्तान प्राप्त गरिसकेको धेरै उदाहरण प्रस्तुत गर्छन् स्थानीय कृष्ण बुढाथोकी । त्यस्ता व्यक्तिहरू सन्तान प्राप्तिपछि पनि गजुरमुखी आएर नियमित पूजापाठ गर्ने गरेको उहाँले बताउनुभयो ।

भक्तजनहरू भाकल पूरा गर्नकै लागि पनि कात्तिक शुक्ल पूर्णिमा पर्खेर धाम आउने गरेको त्यहाँ आइपुगेका एकतप्पाका कृतिराज आले बताउनुहुन्छ ।

उक्त मन्दिरभित्र पूजापाठ गर्नका लागि मन्दिरभित्र प्रवेश गरेपछि पछाडि नफर्कि बाहिरिँदा पुण्य कमाइने विश्वास गरिन्छ । मेलामा आएका युवायुवतीबीच धान नाचेर विवाह गर्ने प्रचलन समेत रही आएको छ । रासस