काठमाडौं, २१ मंसिर । देशका ४५ जिल्लामा आज एकसाथ प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भैरहेको छ । आम मतदाताहरुले यो चिसाको कुनै प्रवाह नगरीकन मतदान गरिरहेका छन् । तर निर्वाचन गराउने मुख्य जिम्मेवारीमा रहेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रतिनिधि र प्रदेशसभाको चुनावमा मतदान नगर्ने भएका छन ।
प्रमुख निर्वाचन आयुक्त यादवले आफू आयोगकै कार्यक्रमको व्यस्तताका कारण आफूले मताधिकार प्रयोग गर्न नसक्ने हिजै खुलासा गरेका थिए । निर्वाचन आयोग परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो खुलासा गरेका थिए ।
उनको मतदाता नामावली सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मा रहेको छ । यादवले तेस्रो चरणमा सम्पन्न भएको स्थानीय तह चुनावमा राष्ट्रिय आधारभुत विद्यालय राजदेवी मतदान केन्द्रबाट पहिलो मतदान गरी मतदानको शुभारम्भ गरेका थिए ।
यादवले कुराकानीका क्रममा बुधबार अवेर रातिसम्म बैठकमै व्यस्त रहने तथा बिहीबार विमानसमेत बन्द हुने भएकाले मतदान गर्न असमर्थ भएको जनाएका थिए । यद्धपी उनले मतदानमै नजाने भनेर ठ्याक्कै भन्न सकिने अवसथा नभएको बताउँदै भने,‘हेलिकप्टरबाट मताधिकार प्रयोग गर्न सक्ने एउटा सम्भावना चै छ, तर, त्यस्तो खर्चालु काम गर्ने पक्षमा म छैन ।’




प्रतिक्रिया