विराटनगर, २१ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान जारी भएपछि पहिलोपटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने कोइरालाले विश्वास व्यक्त गरेका छन् ।
विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले अधिनायकवाद नेपालमा सम्भव नभएको समेत ठोकुवा गरे । उनले भने,“हाम्रो देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन सक्दैन, किनकी लोकतन्त्रलाई विश्वास गरेर २००७ सालदेखि लागि लडेका हुन् नेपाली जनता त्यसकारण अधिनायकवाद सम्भवै छैन ।’




प्रतिक्रिया