मतदान लगत्तै रामचन्द्र पौडेलको सक्रियता, सबै मतदान केन्द्रमा स्थलगत अवलोकनमा


२१ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले दमौलीको सत्यवती मावि ‘ग’ निर्वाचन केन्द्रमा मतदान गरेका छन् ।

मतदानपछि पौडेलले ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलनका उपलब्धि साकार गर्न यो निर्वाचन महत्वपूर्ण भएको टिप्पणी गरे ।
मतदानपछि पौडेल जिल्लाका विभिन्न मतदान केन्द्रमा स्थलगत भ्रमणमा सक्रिय छन् ।

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग प्रतिष्पर्धामा छन् । तनहुँमा २ लाख ११ हजार ३ सय ९६ मतदाता मतदानमा सहभागी हुँदैछन् ।

जिल्लामा ‘हाई प्रोफाइल’ नेता चुनाव लडेका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ ।