काठमाडौँ, , २२ मङ्सिर । प्रतिनिधिसभा सदस्य तर्फ नेपाली काँग्रेसले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ। काठमाडौंको क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्।
विजयी हुनासाथ विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सिंहलाई फोन गर्दै बधाई दिएका छन्। रवीन्द्र मिश्र ७१९ मतले पराजित भएका हुन्। यस्तै क्षेत्र नं. १ कै अर्का पराजित प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले मतगणना भएको स्थल सभाग्रहमै पुगि हात मिलाउँदै बधाई दिएका छन्।




प्रतिक्रिया