काभ्रेपलाञ्चोक वाम गठबन्धनको अग्रता, गणेश लामा : सात हजार १५


बनेपा, २३ मंसिर : काभ्रेपलाञ्चोकको प्रतिनिधिसभातर्फको दुई निर्वाचन क्षेत्रमा नै वाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका गंगाबहादुर दोङले १२ हजार ५७२, लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका तीर्थ लामाले ११ हजार ८७३ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं १ को (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका रत्न ढकालले नौ हजार ४४ र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका सिवी लामाले पाँच हजार ७१३ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं १ को (ख) मा लोकतान्त्रिक गठबन्धनका काँग्रेसका गणेश लामाले सात हजार १५ र वाम गठबन्धनबाट नेकपा (एमाले) का चन्द्र लामाले छ हजार ८९९ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटाले १३ हजार ९६७ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका मधुप्रसाद आर्चायले १० हजार १०५ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ को (क) मा वाम गठबन्धनबाट एमालेका लक्ष्मण लम्सालले सात हजार ९०१ मत प्राप्त गर्नुभयो भने लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका सुन्दरमणि आचार्यले चार हजार ३२१ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ को (ख) मा वाम गठबन्धनबाट एमालेका बसुन्धरा हुमागाईँले छ हजार ८४९ र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका कञ्चनचन्द्र वादेले पाँच हजार ७१२ मत प्राप्त गर्नुभयो । (रासस)