काठमाडौं, २४ मंसिर । प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार तीनै जना उम्मेदवारहरु विजयी भएका छन् । मुख्यमन्त्रीमा दाबी गर्दै आएका कांग्रेसका जीवनबहादुर शाही, माओवादी केन्द्रका नेता नरेश भण्डारी र माओवादीकै महेन्द्रबहादुर शाही प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन ।
कांग्रेसका जीवनबहादुर शाही हुम्लाको प्रदेश सभा ख बाट विजयी भए । शाहीले ४ हजार ५ सय १९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार नौ सय ९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै मुख्यमन्त्रीको दाबी गर्दै आएका माओवादी नेता महेन्द्र बहादुर शाही कालिकोटको प्रदेश सभा ‘ख’ मा १२ हजार तीन सय ५३ मतका साथ विजयी भएका हुन । उनका प्रतिस्पर्धी कांग्रेसका कालीबहादुर सहकारीले ९ हजार ३ सय ४२ मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री कै अर्का दाबेदार माओवादी केन्द्रका नेता नरेश भण्डारी जुम्लाको प्रदेश सभा ‘क’ मा विजयी भएका छन् । उनले १२ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् । अब प्रदेश नम्बर ६ को मुख्यमन्त्री को बन्ला त्यसको लागि केही समय पर्खिनु पर्नेछ ।




प्रतिक्रिया