सुजाता निवासमा कोइराला परिवारको लञ्च मिटिङ


काठमाडौं, २ माघ । नेपाली कांग्रेसका कोइराला परिवारका नेताहरु महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोईराला र नेतृ सुजाता कोइरालावीच लञ्च मिटिङ भएको छ ।

नेतृ कोइराला निवास मण्डिखाटारमा भएको तीन नेतावीचको लञ्च मिटिङ्मा पार्टीभित्र गुट उपगुट हावी भएको भन्दै त्यसलाई तत्काल निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । स्रोतका अनुसार पार्टीले हालै सम्पन्न भएको निर्वाचनमा नराम्रोसँग पराजय भोग्नुमा पार्टी नेतृत्वको दोष रहेको र नेतैपिच्छे गुट हुनु रहेको उनीहरुको निश्कर्ष रहेको छ ।