७ माघ, पोखरा । प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्य दीपक मनाङ्गेले सपथ लिएनन् । मनाङ्गे शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।
ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पाँच वर्षको जेल सजायँ गर्ने पुनरावेदन अदालतकको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।
मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट विजयी भएका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।
पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपनि उनको पद भने कायमै छ ।
यसैबिच तनहुँ क्षेत्र नम्बर २ को खबाट निर्वा्चित प्रदेशसभा सदस्य रामबहादुर गुरुङ सपथ लिनबाट छुटेका छन् ।
रामबहादुर विदेशबाट फर्केर काठमाडौंबाट पोखरा आउने जहाज डिले भएका कारण सपथ कार्यक्रम सकिएपछि मात्रै प्रदेशसभास्थल पुगेका थिए ।




प्रतिक्रिया