नवराज सिलवाललाई समात्न भट्टेडाँडामा प्रहरीको सर्च


७ माघ, काठमाण्डौ । पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीले ललितपुरको भट्टेडाँडामा सर्च गरेको छ ।
सिलवाललाई खोज्न ठूलो संख्यामा प्रहरी ललितपुरको भट्टेडाँडा परिचालित गरेको हो ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न खोजेदेखि नै फरार रहेका सिलवाल ललितपुरको भट्टेडाँडामा रहेको जानकारी पाएपछि प्रहरी त्यहाँ पुगेको हो ।

केही दिनअघि एक संचारमाध्यमलाई अन्तरवार्ता दिँदा सिलवालले आफू कतै नभागेको र ललितपुरको भट्टेडाँडामा नै रहेको भन्दै चुनौति दिएका थिए ।

प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वाचित हुन् ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो ।