काठमाडौं, ९ माघ । वाम गठबन्धन र मधेशकेन्द्रित दलहरुवीचको वार्ता विना निश्कर्ष सम्पन्न भएको छ। सिंहदरबास्थित् एमालेको पूरानो संसदीय दलको कार्यालयमा भएको छलफलमा राष्ट्रिय सभा निर्वाचन र संविधान संशोधनबारे लिखित प्रतिबद्धता जनाउने भनिएको थियो ।
तर, वाम गठबन्धनले संशोधनमा लिखित प्रतिबद्धता नजनाउने अडान राखेपछि राजपा र फोरमका नेताहरु बैठकबाट बाहिरिएका छन् ।
खासगरी राष्ट्रिय सभामा राजपा र फोरमले वाम गठबन्धनसँग ६ सिट माँगेको छ । तर गठबन्धनले अहिले ६ सिट नदिने भएपछि राजपा र फोरमका नेताहरु बिच्किएका छन् । यसअघि उनीहरुले कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।
मधेश केन्द्रित दलहरुले वाम गठबन्धनसँग राष्ट्रिय सभाको निर्वाचनमा सिटमा बाँडफाँडभन्दा संविधान संशोधनमा लिखित प्रतिबद्धता चाहेको थियो । तर, अहिले यसबारेमा कुरा गर्नुभन्दा पनि पहिले निर्वाचनमा तालमेलमा केन्द्रित हुने भनेर एमाले नेताहरुले अभिव्यक्ति दिएपछि मधेश केन्द्रित दलका नेताहरु बैठकबाट बाहिरिएका हुन् ।
वाम गठबन्धनसँग कुरा नमिलेपछि मधेश केन्द्रित दलहरु अहिले राजाप पार्टी कार्यालयमा भेला भएका छन् । राजपा–फोरमका नेताहरुसँग कुरा गर्न भन्दै यतिवेला कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु राजपा पार्टी कार्यालय पुगिसकेका छन् । उनीहरुवीचको छलफल जारी छ ।




प्रतिक्रिया