एक नम्बरका हिरो महेश जाजु, कांग्रेसको सूचिमा परेका राष्ट्रियसभाका साझा उम्मेदवार


१० माघ, काठमाण्डौ । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा चुनावका लागि उम्मेदवार बनाइएका व्यवसायी महेश जाजुलाई साझा उम्मेदवारको रुपमा लिइएको छ ।

स्वच्छ छवीका जाजु व्यवसायी भए पनि उनले गर्ने व्यवसाय समाजसेवामुखी भएकाले सबैको नजरमा योग्य उम्मेदवार मानिएको छ ।जाजु स्वयम् पनि कांग्रेसको तर्फबाट आफूलाई उम्मेदवार बनाइए पनि आफू दलगत स्वार्थमा नरही देश र जनताको हितमा काम गर्ने व्यक्ति भएको दाबी गर्छन् ।

“म साझा मान्छे हूँ, सबै दलले मलाई साझा उम्मेदवारको रुपमा स्विकार गरेका छन् ।” जाजुले भने ।नेपाली उद्योगमा जाजुको जुन योगदान छ, त्यसले समाजसेवालाई प्रतिम्बित गरेको सबैजसो दलका नेताहरुले पनि स्विकार गरेका छन् ।

व्यवसायमार्फत समाजसेवालाई प्राथमिकता दिदै आएका जाजुले राजनीतिमार्फत समाजका लागि अझै बढि योगदान दिने दाबी गरेका छन् ।

यसअघि दोस्रो संविधानसभाको चुनावमा समानुपातिकतर्फ कांग्रेसले उनको नाम समावेश गरे पनि सभासद् भने बनेका थिएनन् । यसपटक राष्ट्रियसभामा उद्योग व्यवसाय क्षेत्रबाट उनलाई उम्मेदवार बनाइएकाले पनि सबै दलले मतदान गरेर जिताउने उनको दाबी छ ।

कांग्रेसले राष्ट्रियसभा सदस्यका प्रदेश नं १ मा उनलाई उम्मेदवार तय गरेको हो । एशियन थाई फुड्स प्रा.लिका प्रबन्ध निर्देशक तथा समाजसेवी जाजु लोकप्रिय छवी भएका व्यक्ति हुन् । कांग्रेस पार्टी स्रोतका अनुसार जाजुको क्षमता तथा सक्रियतालाई कदर गर्दै उम्मेदवार बनाईएको हो ।