प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुँदै


काठमाडौं, १५ माघ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि माघ १९,२० र २१ गते राजधानीको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने भएको छ ।

हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्पो हुन लागेको हो । प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको एक्स्पोमा सहभागिता हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एक्स्पोमा अमेरिका, जापान, कोरिया ,चिन, ताईवान, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले सहभागिता जनाउनेछन् ।

एक्स्पोमा कुल १ सय वटा स्टलहरु हुनेछन् जस्मा १३ ठूला र ८७ वटा साना स्टलहरु हुनेछन् । प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया ,फोटो प्रदर्शनी, फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिनेछ । प्रदर्शनी स्थलमा फुड स्टलको समेत ब्यवस्था पनि गरिएको छ ।

प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एक्सपोको समुद्घाटन् उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् । एक्स्पोको फोटो कन्सर्न गोल्ड स्पोन्सर रहेकोछ भने मर्कन्टाईल सिल्भर स्पोन्सर र पाटन प्याथ ल्याब ब्रोन्ज स्पोन्सरको रुपमा रहेकोछ ।

यस्तै फोटोग्राफरहरुको संगठन काठमाडौं फोटोग्राफर संघ एक्स्पोको सह आयोजक र नेपाल मुद्रण ब्यवसायी महासंघ पनि अर्को आयोजकको रुपमा रहेको बताइएको छ ।

तस्विर : मुकुन्द कालिकोटे