माघ २०, चितवन । माघ २४ गते हुने राष्ट्रियसभाको चुनावमा उद्योगि व्यवसायीको तर्फबाट कांग्रेसले उम्मेदवार बनाएका महेश जाजुलाई सबै दलले सहयोग गर्ने भएका छन् ।
स्वच्छ छवीका जाजु व्यवसायी भए पनि उनले गर्ने व्यवसाय समाजसेवामुखी भएकाले सबैको नजरमा योग्य उम्मेदवार मानिएको छ । जाजु स्वयम् पनि कांग्रेसको तर्फबाट आफूलाई उम्मेदवार बनाइए पनि आफू दलगत स्वार्थमा नरही देश र जनताको हितमा काम गर्ने व्यक्ति भएको दाबी गर्छन् ।
“म साझा मान्छे हूँ, सबै दलले मलाई साझा उम्मेदवारको रुपमा स्विकार गरेका छन् ।” जाजुले भने । नेपाली उद्योगमा जाजुको जुन योगदान छ, त्यसले समाजसेवालाई प्रतिम्बित गरेको सबैजसो दलका नेताहरुले पनि स्विकार गरेका छन् ।
व्यवसायमार्फत समाजसेवालाई प्राथमिकता दिदै आएका जाजुले राजनीतिमार्फत समाजका लागि अझै बढि योगदान दिने दाबी गरेका छन् ।
उनलाई नेकपा एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपाका मतदाताले पनि मत दिने बताएका छन् ।
आगिर्थक विकासमा योगदान दिएको भन्दै सबैको साझा उम्मेदवार बनेका जाजु जनताको विचमा जाने उद्योगपतिको रुपमा परिचित छन् ।
स्थानीय निकायदेखि प्रदेश सासंद सबैलाई रिझाउन सफल भएका उनको जित सुनिश्चित भएको अन्य दलका मतदाताले पनि बताउने गरेका छन् ।




प्रतिक्रिया