सरकारमा जानेबारे उपेन्द्रले बोलाए पार्टीको बैठक, होला त आज सहमति ?


काठमाडौं, २२ फागुन । सरकारमा सहभागी हुने र संविधान संशोधनबारे सरकारको तर्फबाट प्रतिबद्धता जाहेर गर्नको लागि संघीय समाजवादी फोरम नेपालसँग सत्तारुढ दल एमाले र नेकपा माओवादी केन्द्रले छलफल गरिरहेका छन् । तर, वार्ता मन्त्रालय बाँडफाँडमा आएर अड्किएको छ ।

हिजो अपरान्ह भएको तीन पार्टीबीचको वार्ता पनि बिना निश्कर्ष सम्पन्न भउको थियो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हिजोको वार्ताबारे पत्रकार ऋषि धमलासँग भनेका थिए, वार्तामा सबै कुरा भयो, तर केही पनि टुग्गिएन, जे होस् वार्ता सकारात्मक छ ।

त्यस्तै आज पनि बाम गठबन्धनसँग फोरमको वार्ता छ । त्यो भन्दा अघि पार्टीको बैठक अहिले जारी छ ।

स्रोतका अनुसार सरकारमा सहभागिताबारे छलफल गर्न अध्यक्ष यादवले पार्टीको पदाधिकारीको आकिस्मक बैठक बोलाएका हुन् । फोरमले अहिले तीन उपप्रधानसहित तीन मन्त्रालय मागिरहेको छ । भने वाम गठबन्धन दुई मन्त्रालय दिन सहमत छन् ।