निर्वाचन आयोगकी सदस्य इला शर्माको भ्रष्टाचारको लिला


वैशाख १२, काठमाडौ । निर्वाचन आयोगले स्थानीय चुनावका बेला अनियमितता गरेको भेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले केही समयअघि प्रतिवेदन सार्वजनिक गरेको थियो । संवैधानिक निकाय आयोगले गरेको खर्चमध्ये १९ करोड रुपैयाँ बेरुजु देखिएपछि निर्वाचन आयोग विवादमा पनि तानियो ।

सरकारी एवम् संवैधानिक अंगको लेखा परीक्षण गर्ने उक्त केन्द्रीय निकायले नमुना मतपत्रको छपाइमा बढी भुक्तानी दिएकोदेखि खाना र खाजा लगायतको भत्ताको दोहोरो भुक्तानी दिएकोसम्मको अनियमिततता आफ्नो वार्षिक प्रतिवेदनमा समेटेको थियो ।

तीन तहको निर्वाचन गरेको निर्वाचन आयोगको हाल सम्म स्थानीय तहको निर्वाचनको लेखा परीक्षण गरिएको उक्त कार्यालयले जनाएको थियो ।

आयोगले भने प्रतिवेदनमा भनिएजस्तो अनियमितता वा अनावश्यक खर्च नगरिएको दाबी गर्यो । तर अहिले निर्वाचन आयोगका कर्मचारीहरुले नै चुनावका बेला हुने गरेको कमिसनको खेल खुलासा गर्न थालेका छन् ।

समग्र आयोगकमा कर्मचारी नै कमिसनको खेलमा लागेको पाइए पनि आयोगकी सदस्य इला शर्माले आफू पनि कमिसनको खेलमा लाग्ने र अरुलाई पनि उक्साउने गरेको पाइएको छ ।

शर्माको कार्यशैली नै ठीक नभएको भन्दै अहिले आयोगका कर्मचारी कुरा काट्न थालेका छन् । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष प्रचण्डसम्मको शक्तिको धाक लगाएर अन्य कर्मचारीहरुलाई हेप्ने गरेको आयोगका कर्मचारी बताउँछन् ।

निर्वाचनका बेला बस्ने विभिन्न बैठकमा पनि कामभन्दा कमिसनतिर ध्यान दिने र हरेक काम गर्दा कमिसन चाहिन्छ भन्दै बैठकमा नै विवाद गर्ने इला शर्माले आयोगमा रहेको टेलिभिजनसमेत घरमा लगेको आरोप लागेको छ ।

निर्वाचनताका अकुत सम्पत्ति कमाएकी शर्माले त्यसबेला कार्यालयमा प्रयोग गरिएका कम्पूटरसमेत घरमा लगेको बताईको छ ।

यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने चुप लागेर बसेको भन्दै आयोगका केही सदस्य तथा कर्मचारीहरु भने असन्तुष्ट बनेका छन् ।