वैशाख १५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य समान्य भए पनि चिकित्सकहरुले सावधानी अपनाउन सल्लाह दिएका छन् । तर ओली भने आफ्नो कार्यव्यस्तताबाट पछि हटेका छैनन् ।
चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन चिकित्सकले सुझाव दिने गरेका छन् ।
चिकित्सकले अहिले भइरहेको मौसम परिवर्तनले पनि ओलीलाई जुनसुकै समयमा संक्रमण हुन सक्ने बताएका छन् ।
हरेक २ घन्टामा पिसाब फेर्नुपर्ने, ४ घन्टामा खाजा खानुपर्ने, ६ घन्टामा आराम गर्नुपर्ने र ८ घन्टामा खाना खानुपर्ने नियम अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाब दिइएको छ ।
प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले प्रधानमन्त्री ओली पछिल्लो सयम निकै व्यस्त भएको बताएका छन् । विहान सात बजेदेखि नै विभिन्न कार्यक्रममा सहभागि हुने ओली रातको एकदुई बजेसम्मसमेत व्यस्त हुने गरेको रिमालले बताए ।
“सामान्यतया १८ घण्टा त प्रधानमन्त्री दौडिइरहनुभएको छ । हामी तन्नेरीहरु त्यति दौडिन सकेका छैनौँ ।” रिमालले भने ।




प्रतिक्रिया