अर्ली महाधिवेशन होइन, महाधिवेशनको तयारीमा जुट्ने बेला भयो : बडु


वैशाख १५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडुले केन्द्रियसमित बैठकपछि महासमिति बैठक बसेर विधानको प्रारुप तयार पारिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बडुले पार्टीलाई बलियो बनाउनका लागि तत्काल विधान संशोधन गरेर कार्यान्वयनको बाटोमा जाने बताए ।

अब अर्ली महाधिवेशनभन्दा पनि महाधिवेशनको तयारीमा जुट्नुपर्ने बेला आएको उनको भनाई छ । “सक्षम नेतृत्व चयनको प्रक्रियामा जाने हो । अहिले विधान संशोधन गर्ने बाटोमा छौँ । त्यसपछि महाधिवेशनको अरु प्रक्रिया सुरु हुन्छ ।” बडुले भने ।

लोकतान्त्रिक प्रणालीप्रति विश्वास गर्ने शक्तिहरु एक ठाउँमा उभिनुपर्ने भन्दै बडुले विभिन्न शक्तिहरु व्यवस्थापनतर्फ पनि कांग्रेसले ध्यान दिने बताए ।

केन्द्रिय समितिको बैठकपछि लोकतान्त्रिक समाजवाद निर्माणका लागि विभिन्न नीति तथा कार्यक्रम लिएर जनतामाझ जाने उनले बताए ।