वैशाख १७, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृजेशचन्द्र लालले संसदीय दलको नेता चयन गर्ने विषयमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।
पुरै संसदीय दलले महन्थ ठाकुरलाई नेताको मान्यता दिएको दाबी गर्दै उनले पहिला संसदीय दलको विधान बनाउनुपर्ने भएकाले नेता चयन ढिला भएको बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लालले विधानका लागि मस्यौदा बनाउने काम भइरहेको बताए ।
“मस्यौदा बनाउने जिम्मा लक्ष्मणलाल कर्णलाई दिइएको थियो । अब बस्ने बैठकले विधान पारित गर्छ । त्यसपछि सर्वसम्मतले विधिवत रुपमा संसदीय दलको नेता चयन गर्छौँ ।” उनले भने ।
महन्थ ठाकुरलाई दलको नेता बनाउने विषयमा पार्टीभित्र कुनै विवाद नभएको उनको दाबी छ ।




प्रतिक्रिया