सरकारले जे भन्छ त्यो मान्ने पर्छ भन्ने छैन : यातायात व्यवसायी खरेल (भिडियो)


वैशाख २०, काठमाण्डौ । सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएका छन् ।

यातायात व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदै मागलाई सुझाबका रुपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका हुन् ।

गणतान्त्रिक यातायात व्यवसायी संगठनका संयोजक दधिराम खरेलले आफूहरुको मागका बारेमा सरकारले वेवास्ता गरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आफूहरु सिन्डिकेट नभै यातायात क्षेत्र व्यवस्थित बनाउनका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको खरेलले बताए ।

“सरकारले जे भन्छ त्यो मान्ने पर्छ भन्ने छैन । नमिलेका कुरा मिलाउने पक्षमा हामी छौँ । विवादलाई वार्ताद्धारा समाधान गर्नपर्छ भन्ने हाम्रो उद्देश्य हो ।” खरेलले भने ।

राज्यले ल्याएको निर्देशिका विवादित भएकाले त्यसलाई सच्याउनुपर्ने उनको तर्क छ ।