काठमाडौं २८ बैशाख । काठमाडौं साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हतकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन् ।
मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुत्तहरुले बयान फेरेका हुन् । पाँच दिन लगाएर जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा अभियुत्तले बयान दिएका थिए ।
बयान फेर्नेमा प्रहरी जवानदेखि, एयरलाइन्सका कर्मचारी व्यापारी, तस्करीमा संलग्न गिरोहसमेत रहेका छन् ।अदालतमा आठ प्रहरीसहित अधिकांश अभियुक्तले यसअधि छानबिन समितिलाई दिएको भन्दा फरक बयान दिएको सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए ।




प्रतिक्रिया