जनकपुरमा ‘मोदी-क्रेज’, भीड नियन्त्रण गर्न लाठी चार्ज

0
Shares

जनकपुर, २८ बैशाख । दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले केही बेरमै जनकपुर ओर्लिँदैछन् । जनकपुरमा मोदीको क्रेज विशाल रुपमा देखिएको छ । जनताहरु मोदीलाई हेर्न आँतुर छन् ।

मोदीलाई नागरिक अभिनन्दन गरिने स्थल रंगभुमी मैदानमा लाखौं मानिसको उपस्थिति देख्न पाईन्छ । सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न अहिलेदेखि नै हम्मेहम्मे परेको छ ।