ओली-मोदी अंकमाल, सम्बन्धमा हार्दिकता देखियो


काठमाडौं, २९ बैशाख । राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो साँझ प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि भएको संयुक्त प्रेस मिटमा न्यानो हार्दिकता देखिएको छ ।

दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गरेपछि मोदी र ओलीबीच हात मिलाएलगत्तै हार्दिकतासहितको अंकमाल भएको थियो । जुन तस्विरलाई भारतीय पक्षले समेत ऐतिहाँसिक क्षण् भन्दै तस्विर सार्वजनिक गरेको थियो ।