काठमाडौंमा मोदीलाई नागरिक अभिनन्दन : ५५ किलोको बुद्ध मूर्ति उपहार


काठमाडौं, २९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । काठमाडौं महानगरपालिकाले मोदीलाई सम्मान गरेको हो ।

कार्यक्रममा मेयर विद्याशुन्दर शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई महानगरको साँचो हस्तान्तरण गरे । साथै उनले ५५ किलोको बुद्ध मूर्ति पनि उपहार दिएका छन् ।