पोखरा, २२ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसंग पार्टी एकताका लागि आफूले बिट मारिसकेको बताएका छन ।
माओवादी केन्द्रका कास्कीका कार्यकर्ताहरुलाई गोप्यरुपमा प्रशिक्षण दिंदै उनले भने, ‘पार्टी एकताका लागि माओवादी केन्द्र लचिलो भएर प्रस्तुत भएको छ । तपाईहरु पनि पार्टी निर्णय प्रति प्रतिबद्ध भएर लाग्नुहोस ।’
‘पार्टी एकता पछि कोही पदमा रहनुहोला, कोही नरहनुहोला’ त्यसलाई पनि समान्य रुपमा लिन निर्देशन समेत दिए । कार्यकर्तालाई आश्वासन दिंदै उनले भने, ‘पार्टी एकता कसरी गर्ने तपाईहरुको के स्थान हुने भन्ने कुरा मैले मिलाएको छु, ढुक्क हुनुहोस ।’




प्रतिक्रिया