काठमाडौं, ३ जेठ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एमाले–माओवादी एकीकरण ‘माओवादी एमालेमा विलय’ को रुपमा देखिएको बताएका छन् ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा नेता जीवराज आश्रितको २५ औँ स्मृति दिवसको अवसर पारेर हुन लागेको एमाले–माओवादी एकीकरण प्रचण्डले ‘मनदपथ’ मा अंगिकार गरेको रुपमा देखिएको भन्दै प्रष्ट पार्न डा. भट्टराईले आग्रह गरेका छन् ।

उनले ट्वीट गरेर एमाले–माओवादी केन्द्र विलयको सांकेतिक अर्थ प्रचण्डले जबज (जनताको बहुदलीय जनवाद) विरुद्ध गरेको जनयुद्धमा पश्चाताप गरेको जस्तो देखिएको उल्लेख गरिएको छ । उनले जनयुद्ध प्रति पश्चाताप गरेर मदनपथ अंगीकार गरेको स्वीकारोक्ति एकता देखिएको डा. भट्टराईको आशय छ ।




प्रतिक्रिया