काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले संविधानसम्म्त ढंगले नियामावली आउनुपर्ने बताएका छन् । नेता बडुले आफूहरु सांसद निलम्बनको विरुद्धमा नरहेको जिकिर गरे । यद्धपी उनले यसको लागि कानूनको आवश्यक रहेको बताए ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले थपे,‘संघीय कानून ल्याउने काम सरकारको हो।’ उनले पूर्ववत सहमति तोडेर एमालेले किन यो विषयमा विवाद ल्याउन खोजेको हो भन्ने कुरा आफूहरुले नबुझेको बताए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा उनले भने,‘फौजदारी अभियोग लागेका सांसद पक्राउ गर्दा तत्काल सभामुख वा राष्ट्रियसभाका अध्यक्षलाई सूचना दिनुपर्छ, अनि सभामुख वा अध्यक्षले संसदलाई जानकारी गराउनुहुन्छ।’
नेता बडुले भने,‘भैसकेको सहमति भत्काउनु हुँदैन भन्ने हाम्रो जोड हो।’ भएको सहमति एमालेका साथीहरुले उल्लंघन गरेकोले अहिले समस्या आएको नेता बडुको आरोप छ।




प्रतिक्रिया