काठमाडौं, ७ जेठ । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको छ । प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी छिन् ।
नीति तथा कार्यक्रममा मुख्य राजमार्गहरुलाई ‘एक्सप्रेश-वे’का रुपमा विकास गर्ने विषय उल्लेख छ । अबको १० वर्षभित्र देशलाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने नीति पनि लिइएको छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ दीर्घकालीन नीति लिएको छ ।
सबै नागरिकका लागि समान अवसर, सरक्षा दिने नीति पनि सरकारले लिएको छ । अबको सबै योजनालाई समयमै सक्ने नीति पनि सरकारले लिएको राष्ट्रपति भण्डारीले बताएकी छिन् ।




प्रतिक्रिया