२८ सहसचिवको सरुवा र पदस्थापना


काठमाडौं, १० जेठ । सरकारले बिहीबार २८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङकाअनुसार १६ जना सहसचिवको काजसरुवा र उपसचिवबाट सहसचिवमा बढुवा भएका १२ जनाको पदस्थापना गरिएको हो । रासस