काठमाडौं ११ जेठ । सरकारले २८ जना सहसचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ जना नयाँ सहसचिवको पदस्थापन गरेको हो ।
लोकसेवा आयोगको खुला प्रतियोगिताबाट सहसचिवमा बढुवा भएका मध्ये १२ जनालाई मन्त्रालयले महानगरपालिका र उपमहानगरपालिकामा खटाएको हो । लोकसेवा उत्तीर्णलगत्तै उनीहरू मन्त्रालयको अतिरिक्त समूहमा थिए । मन्त्रालयले सहसचिव शेषनारायण पौडेललाई पोखरा महानगरपालिकाको कार्यकारी प्रशासकका रूपमा खटाएको छ । यस्तै, सहसचिवहरू चक्रपाणि पाण्डेलाई दाङस्थित घोराही उपमहानगरपालिकाको प्रशासकीय अधिकृत, सुमन घिमिरेलाई धरान उपमहानगरपालिकाको कार्यकारी अधिकृत, तोयनारायण सुवेदीलाई नेपालगन्ज उपमहानगरपालिकाको प्रशासकीय अधिकृतका रूपमा खटाएको छ ।
सहसचिव शिवकुमार कार्कीलाई बाराको सिमरा उपमहानगरपालिका, छविलाल रिजाललाई इटहरी उपमहानगरपालिका, पुष्पराज शाहीलाई हेटौँडा उपमहानगरपालिका, उमेश ढुंगानालाई जनकपुर उपमहानगरपालिकाको प्रशासकीय अधिकृतका रूपमा खटाएको छ । यस्तै, भिष्मकुमार भुषाललाई विरगन्ज महानगरपालिका, सहसचिव शिवलाल तिवारीलाई प्रदेश ३ को प्रदेश प्रमुखको कार्यालय, ज्ञानराज सुवेदीलाई प्रदेश १ को सामाजिक विकास मन्त्रालय र सहसचिव हुमकला पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाएको छ ।
यी हुन् जिम्मेवारी हेरफेर हुने सहसचिव
मन्त्रालयले १६ जना पुराना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाललाई प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोगका तुलसीप्रसाद गौतमलाई सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी जानकीबल्लभ अधिकारीलाई लोकसेवा आयोग, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका भूपाल बराललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।
यस्तै, पर्यटन मन्त्रालयका सहसचिव दिनेश भट्टराईलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सनत केसी र आनन्द रेग्मीलाई क्रमशः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सूचना तथा सञ्चारमन्त्रालयमा सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयका सहसचिवद्वय निता पोखरेल र शिवराम न्यौपानेलाई क्रमशः संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई वैदेशिक रोजगार विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शंकर अर्याललाई सामान्य प्रशासन मन्त्रालयको अतिरित्त समूहमा र कर्णाली प्रदेशको पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई कर्णाली प्रदेशकै मुख्मन्त्रीको कार्यालयमा सरुवा गरेको छ ।
वन तथा वातावरणका सहसचिव धीरेन्द्रकुमार प्रधानलाई पर्यटन मन्त्रालय, श्रम, रोजगार तथा रोजगार मन्त्रालयका सहसचिव आभा श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको अतिरित्त समूह, प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव वासुदेव शर्मालाई प्रदेश १ कै मुख्यमन्त्रीको कार्यालय र सामान्य प्रशासन मन्त्रालयको अतिरित्त समूहमा रहेका रामकृष्ण सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । मन्त्रालयले चाँडै थप सहसचिवहरूको सरुवा हुने पनि जनाएको छ । नयाँपत्रिकाबाट




प्रतिक्रिया