अब इजाजत लिएर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइने


काठमाडौं, १५ जेठ । संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५र७६ को बजेट भाषण सुरु गरेका छन्। २६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने भएको छ । बाँकीलाई २ वर्ष्भित्र दिने अर्थमन्त्री खतिवडाले वाचनको क्रममा बताए ।

त्यस्तै अब इजाजत लिएर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइने भएको छ । २ वर्ष्भित्र जग्गाधनीपूर्जा विद्युतीय बनाइने मन्त्री खतिवडाले बताए । त्यस्तै भू–उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गर्ने ।

अर्थमन्त्री खतिवडाले रातो ‘ब्रिफकेस’ खोलेर बजेट भाषण सुरु गरेका हुन्। यो आर्थिक वर्षको बजेट १३ खर्ब बढी आउने अनुमान गरिएको छ । प्रत्येक वर्ष अर्थमन्त्री कालो ब्रिफकेसबाट खोलेर बजेट संसदमा प्रस्तुत गर्ने परम्परालाई तोड्दै खतिवडा रातो ब्रिफकेस खोलेर बजेट भाषण सुरु गरेका हुन्।